हिपमत डटकम
बाजुरा,३ माघ : कृषि ज्ञान केन्द्र बाजुरावाट बसन्ते तथा बर्षे तरकारीको बीउ बितरण गरिरहेको छ । जिल्लामा रहेका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा तरकारी बिउ बितरण गर्न थालीएको हो ।
कृषि ज्ञान केन्द्र बाजुरावाट बसन्ते तथा बर्षे तरकारीको बीउ ५० प्रतिशत अनुदानमा धमाधम बितरण भईरहेकोले आवश्यक हुने कृषकहरूले छिटो सम्पर्क गर्न हुन जानकारी गराईन्छ सामाजीक संचालल मार्फत कृषि ज्ञान केन्द्रले आह्वन गरेको छ । बितरण हुने तरकारीको वीउहरूमा टमाटर, काक्रो, सिमी, वोडी, खुर्सानी, लौका, घिरौला, जुकेनी, लहरे फर्सि, करेला, भिण्डी लगायतका तरकारीका बिउहरु रहेको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिनप्रसाद जैशीले बताएका छन् । ५० प्रतिशत अनुदानमा पाउने बिउहरु कृषि ज्ञान केन्द्र बाजुराबाट मात्र बितरण गरिने र इच्छुक किसानले समयमै बिउ लिन अनुरोध गरेको सुचना अधिारी जैशीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!