‘जाले रुमाल’ गीतको अपार सफलता पछी गायक इन्जिनियर गायक वीरेन्द्र श्रेष्ठको स्वर रहेको ‘परदेशीको जीवन बरिलै’ शीर्षकको छोटो म्युजिकल मुभीको भिडियो सार्वजनिक भएको छ । गीतमा चर्चित गीतकार अम्बिका गुरुङको रचना तथा दिपकराज विश्वकर्माको संगीत तथा एरेन्ज रहेको छ ।

टिकाराम आचार्य निर्देशित लक्षमण गजुरेल निर्माण रहेको भिडियोमा निर्मल खत्री, निशा राई लगायत नानी धानु, गजेन्द्र प्रिथक, पेम्बा शेर्पा, माया सिटौला, माधव सिटौला, धर्म खतिवडा, सरु शर्मा, किरण कन्दवाको अभिनय रहेको छ । म्युजिक भिडियोमा बेरोजगारी, गरिबी, केही गर्न परदेश गएर कमाउने उत्साह बोकेका आम मानिसको भोगाइको प्रतिनिधित्व देख्न सकिन्छ । योगेश दाहालको छाँयाकन सम्पादन रकहेको भिडियो भवसागर इन्टरटेन्टमेन्टको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!