प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले बालिका बलात्कार र दलित माथि हुने दमन रोक्न प्रहरीको मुख्य भुमिका रहनु पर्ने बताएका छन । प्रदेश प्रहरी कार्यलयले आयोजना गरेको ६५ औं नेपाल प्रहरी दिवस को अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री राउतले, प्रदेश २ का अधिकास जिल्लाहरु भारत सँग जोडेको हुनाले यस प्रदेशमा अन्य अपराधिक घटनाहरु को उच्च जोखिम रहको बताए । मुलुकको शान्ति सुरक्षामा दिनरात केही नमानी खटिरहने प्रहरीलाई सबैले समान गर्नुपर्ने राउतले भने ।
राउतले सम्बोधन गर्दै भने “प्रहरी मेरो साथी” नारालाई यथार्थमा रुपान्तरण गर्न प्रहरी नागरीकमैत्री हुनु पर्नेमा जोड दिए । स्रोतसाधनको अभावले सबै ठाँउमा प्रहरी पुग्न नसकेको प्रहरी बस्ने ठाँउ र कार्यलय अझै भत्किएको अवस्था रहको प्रदेश सरकार भरपुर सहयोग गर्ने प्रतिबध जनाएका छन् ।
कार्यक्रममा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकृत, अमर तथा सहिद प्रहरीका परिवारजन, नेपाल प्रहरीलाई सहयोग गर्ने संघसंस्थाका प्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!