शुक्रबार, आश्विन ३०, २०७७ || 750  पटक पढिएको

लामो समयदेखि अष्ट्रेलियामा बसेर नेपाली कलासंस्कृति, रितिरिवाजसंगै मौलिकपना झल्किने गीतहरुको लेखनमा लागेका युवा गीतकार
बिश्व गौडेलकोको नयाँ गीत ‘सुनरीमै’ सार्वजनिक भएको छ ।
चर्चित गायक प्रमोद खरेल र लोकप्रिय गायिका मेलिना राईको युगल स्वर रहेको गीत ‘सुनरीमै’ दीपक शर्माको संगीत र साहस शाक्यको एरेन्ज रहेको छ। गीतको भिडियोमा टिकटकका सर्वाधिक हिट जोडी प्रिज्मा ,प्रिन्सी खतिवडा र नाजिर हुसेनको अभिनय रहेको छ ।
भिडियोमा नबराज उप्रेतीले छायाँकन नबिन निरौलाको सम्पादन र गम्भीर बिस्टको कोरियोग्राफी र जीवन रसाईलीको निर्देशन रहेको छ ।
पछिल्लो समय कलासंस्कृति, रितिरिवाजसंगै मौलिकपना झल्किने नेपाली गीत संगीतलाइ युवाहरुले भुल्न थालेको र पाश्चात्य संस्कृति हावी हुदै जान थालेकाले नेपाली संगीतको संरक्षणका लागि यो म्यूजिक भिडियो सहितको गित बजारमा ल्याएको भिडियो निर्माता ब्लेक ब्रोस इन्टरटेनमेन्टको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!