शुक्रबार, आश्विन ३०, २०७७ || 494  पटक पढिएको

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा किंग्स इलाभेन पन्जाबले ८ विकेटको रोमाञ्चक जित हात पारेको छ ।

रोयल च्यालेन्जर्स बैंग्लोरबाट १७२ रनको लक्ष्य पाएको पन्जाबले २० औं ओभरको अन्तिम बलमा छक्का प्रहार गरेर जित हासिल गर्यो ।

पन्जाबको जितमा ओपनर केएल राहुलले नटआउट ६१ रन बनाए । ४९ बल सामना गरेका उनले १ चौका र ५ छक्का प्रहार गरे । उनी म्यान अफ द म्याच भए ।

यसैगरी २५ बल सामना गरेका मयंक अग्रवालले चार चौका र ३ छक्काको मद्दतमा ४५ रन बनाए । उनलाई आठौं ओभरमा युजवेन्द्र चहलले आउट गरे ।

त्यसपछि ब्याटिङमा आएका क्रिस गेलले ५३ रन योगदान गरे । ४५ बलमा उनले एक चौका र पाँच छक्का प्रहार गरे । केएल राहुल र गेलले ९३ रन साझेदारी गरे । गेल रनआउट भए ।

पन्जाबलाई जितका लागि अन्तिम ओभरमा २ रन मात्र चाहिएको थियो । तर पनि खेल अन्तिम बलसम्म पुग्यो । २० औं ओभरको अन्तिम बलमा निकोलस पुरनले छक्का प्रहार गर्दै पन्जाबलाई जित दिलाए र हिरो सावित भए ।

बैंग्लोरका मोहम्मद सिराज महँगा बलर बने । उनले ३ ओभरमा ४४ रन खर्चिए तर एउटा पनि विकेट झार्न सकेनन् ।

यसअघि शारजहाँ क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । कप्तान बिराट कोहली बैंग्लोरका टप स्कोरर रहे । उनले ३९ बलमा ४८ रन बनाए ।

आरोन फिन्च २० रनमा आउट भए । क्रिस मोरिसले ८ बलमा नटआउट २५ रन बनाए ।

बलिङतर्फ मोहम्मद सामी र मुरुगान आश्विनले २–२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!