रौतहटको वृन्दावन नगरपालिका–४ स्थित मामाघर बस्दै आएकी १४ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा हर्दिया पल्टुवा बस्ने ४५ वर्षीय चुनु साह तेली छन् ।

तेलीले असोज १६ गते आफ्नै छोरीकी मिल्ने साथीलाई बलात्कारपछि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनलाई बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहट र २ नम्बर प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले गरुडा नगरपालिका–४ बाट पक्राउ गरेको हो ।

२ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख धीरजप्रताप सिंहका अनुसार तेलीले १६ असोजमा घाँस काट्न गएकी बालिकालाई ललाईफकाई उखु खेतमा लगेर बलात्कारपछि हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् ।

बालिकाले अरूलाई भन्ने र अन्यले थाहा पाउने डरले हातले घाँटी थिची हत्या गरेर तेली फरार भएका थिए । सिंहकाअनुसार बलात्कारपछि बालिका बेहोस भएको र उनले अरुलाई भन्दिन्छिन् भनेर घाँटी थिचेर मारेको बयान तेलीले दिएका छन् ।

१६ गते शुक्रबार बिहान ९ बजे बालिका गाईवस्तुको लागि घाँसपात लिन स्थानीय होसनारायण यादवको उखु खेतमा गएकी थिइन् । सोही दिन साढे ४ बजे यादवको खेतमा ती बालिकाको शव फेला परेको थियो ।

बालिका मृत अवस्थामा फेला परेपछि स्थानीय सुखल राय यादवका १० वर्षीय छोरा अखिलेश यादवले देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । बालिका तेलीको घरमा पहिलेदेखि नै आउने÷जाने गर्ने गर्थिन् ।

मृतक बालिका गढिमाई नगरपालिका–१ समनपुर टोलकी हुन् । उनी सानै उमेरदेखि बृन्दावन नगरपालिका–४ स्थित बाजेको घरमा बस्दै आएकी थिइन् ।

पक्राउ परेका तेली माथि थप अनुसन्धान गर्न रौतहट जिल्ला अदालतबाट १५ दिन म्याद थप गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!