बिहिबार, आश्विन २९, २०७७ || 940  पटक पढिएको

झापा कनकाई नगरपालिका-३ स्थित सुरुङा खोलाको डिलमारहेको बाँसघारीमा मृत अवस्थामा फेला परेका २२ बर्षीय अभिषेक चौधरीको हत्या भएको पुष्टि भएको छ ।

कनकाई ३ स्थितमै बसो बास गर्ने चौधरी हिजो विहान ०६ बजे बाँसघारीमा मृत अवस्थामा फेला परेका थिए । घटनाको जानकारी पाउनसाथ घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मृतक चौधरीको शव संकास्पद देखिएपछी गहन अनुसन्धान शुरु गरेको थियो।

घटनाको अनुसन्धान गर्न संघीय प्रहरी ईकाइ कार्यालय धरानबाट डग सहितको टोली खटेको थियो । अनुसन्धानमा खटिएको प्रहरी टोलीले चौधरीको हत्या भएको पुष्टि गरेसंगै उनको हत्यामा संलग्न कनकाई ७ का २२ बर्षीय टल्के भन्ने रविन राजबंशीलाइ ८ घण्टा भित्रै पक्राउ गरी आज ईलाका प्रहरी कार्यालय अनारमनिबाट सार्वजनिक गरिएको हो । मृतक चौधरी र राजबंशी दुबै जना लुकिछिपी लागुऔषध सेवन गर्ने साथै लागुऔषध सेवनकै विषयमा उनिहरु विच बादविबाद भएपछी मंलबार राती चौधरी खोलाको डिलमा निस्किएको मौका छोपेर राजबंशीले पछाडीबाट बन्चरोले शरिरका विभिन्न भागमा प्रहार गरेर हत्या गरी शवलाई बाँसघारीमा राखेर उनि फरार रहेको अनुसन्धानका क्रममा खुल्न आएको छ ।

फरार पश्चात पक्राउ परेका राजबंशीले आफुले चौधरीको हत्या गरेको साबिति बयान समेत दिएका छन । साथै प्रहरीले घटनामा प्रयोग गरेको बन्चरो र राजबंशीको कपडा समेत बरामद गरेको छ । राजबंशी उपर ईलाका प्रहरी कार्यलय अनारमनिबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!