शुक्रबार, माघ ०३, २०७६ || 1183  पटक पढिएको

हिपमत डटकम
विराटनगर, २ माघ :विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा काव्यारोहण शृंखलाको तेस्रो भागमा धरानका वरिष्ठ कवि बम देवान प्रस्तुत हुने भएका छन् ।
हरेक महिनाको पहिलो शनिबार आयोजना हुने कार्यक्रमअन्तर्गत माघको शृंखलामा आरोहणले देवानलाई प्रस्तुत गर्न लागेको हो । माघ ४ गते हुने शृंखलामा देवानले एक दर्जन आफ्ना सशक्त कविता प्रस्तुत गर्नेछन् । देवानले साहित्यमा विम्बको प्रयोग गरेर प्रगतिशील, माक्र्सवादी, जनवादी साहित्यलाई जीवन्तता दिएका छन् । पञ्चायतकालमा दर्शन राईको नामबाट साहित्य सिर्जना गरेका उनी राजनीति र साहित्यलाई सँगै हिंडाउने वामविचारकका रुपमा परिचित छन् ।
२००३ साल मंसिरमा संखुवासभाको आँधीभूइँमा जन्मिएका देवानको साहित्य लेखन २०२१ सालदेखि सुरु भएको थियो । प्रकृति र मानिसलाई उचालेर वर्गीय धरातलमा उभिएर लेख्ने गर्दछन् देवान । हाम्रो गीत, हाम्रो आवाज (२०२९) र आगाको खेती कवितासंग्रह प्रकाशित छन् । कविताबाहेक गीत र कथा लेखनमा सक्रिय देवान ‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’ बोलको चर्चित गीतका रचनाकारसमेत हुनु् । उनी वि.सं. २०४३ देखि २०४७६ सालसम्म धरान नगर पञ्चायतको प्रधानपञ्चसमेत भएका थिए ।
गुरुकुलले हरेक महिनाको पहिलो शनिबार ख्यातिप्राप्त नेपाली कविहरूको कवितावाचनको शृंखला काव्यारोहण आरोहण कवितायात्रा सञ्चालनमा ल्याइएको कार्यक्रम संयोजक धीरज राईले जानकारी दिए । आरोहण गुरुकुलले साहित्य र रंगमञ्चलाई सँगसँगै अगाडि बढाइरहेको अध्यक्ष भैरव क्षेत्रीले बताए । यसअघिको गुरुकुलले शृंखलामा वरिष्ठ कवि बैरागी काइँला र तुलसी दिवसलाई उभ्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!