नेपाल संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को सदस्यमा पुन: निर्वाचित भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार न्युयोर्कमा भएको मतदानमा हाम्रा दुबै छिमेकी चीन र भारतको मतले नेपाल १५० मत ल्याएर परिषद सदस्यमा फेरि निर्वाचित भएको हो । यसअघि भारतलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को अस्थायी सदस्य बनाउन नेपालले पनि पक्षमा मतदान गरेको थियो।

नेपालसँगै एसिया प्यासेफिक क्षेत्रबाट चीन र उज्वेकस्तान पनि परिषद सदस्य चुनिएका छन्। परिषदमा विभिन्न क्षेत्रबाट ४७ मुलुक सदस्य हुन्छन्। तीमध्ये यसपालि १५ मुलुक नयाँ निर्वाचित भएका हुन् । नेपाल सन् २०१८ पनि परिषद् सदस्य निर्वाचित भएको थियो । नेपालले अब सन् २०२३ सम्म परिषद् सदस्यका रूपमा काम गर्नेछ । नयाँ निर्वाचित हुने अन्य मुलुकहरूमा अफ्रिकाबाट कोटडिभ्वार, गावोन, मालावी र सेनेगल, पूर्वी युरोपबाट रूस र युक्रेन, दक्षिण अमेरिकाबाट बोलेभिया, क्युबा र मेक्सिको, पश्चिम युरोपबाट फ्रान्स र बेलायत छन् । एसिया प्यासेफिक क्षेत्रबाहेक अन्य मुलुकहरू भने सर्वसम्मत चुनिएका हुन् ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका प्रमुख अमृतबहादुर राईले परिषद सदस्यमा नेपाल पुन:निर्वाचित हुनुले राजनीतिक र मानव अधिकारमा नेपालको प्रगतिशील यात्रालाई अन्तर्राष्ट्रिय समुदायले स्वीकारेको बताए। उनले यो नेपालले देशभित्र र शान्ति मिसनमार्फत् संसारका विभिन्न क्षेत्रमा गरेको मानव अधिकारको संरक्षण र संम्वर्द्धनको मूल्याकंन पनि भएको उल्लेख गरे । राईले परिषद् सदस्यको रूपमा फेरि काम गर्न सक्षम ठानेकोमा सदस्य राष्ट्रहरूलाई धन्यवादसमेत ज्ञापन गरे।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!