बुधबार, आश्विन २८, २०७७ || 780  पटक पढिएको

काठमाडौं उपत्यकामा बुधबार थप १४ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १४ सय ३ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । काठमाडौंमा ९४६ जना, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ जना नयाँ संक्रमित भेटिएको गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ९४७ जनाको परीक्षणमा थप २६ सय ३८ जनामा कोरोना संक्रमण भएकाे छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख १७ हजार ९९६ पुगेको छ । कुल संक्रमितध्ये सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ ।

बुधबार थप २१ सय ७४ संक्रमित निको भएसँगै कोरोनामुक्त हुनेको संख्या ८० हजार ९५४ पुगेको छ । मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये ६८.६ प्रतिशतले कोरोना जितेका हुन् । बुधबार थप १२ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६७५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!