बुधबार, आश्विन २८, २०७७ || 980  पटक पढिएको

पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ। जुभेन्टस क्लबका अग्रपङ्तिका ३५ वर्षीय खेलाडी रोनाल्डोमा कुनै लक्षण देखिएको छैन तर उनी आइसोलेसनमा बसेका छन्। नेसन्स लिग प्रतियोगिता अन्तर्गत अब बुधवारको निम्ति तय भएको स्वीडेनविरुद्धको खेलमा उनी आफ्नो राष्ट्रको टोलीबाट उत्रिने छैनन्। पोर्चुगलको फुटबल महासङ्घका अनुसार पोर्चुगल टोलीका अन्य सबै खेलाडी सदस्यहरूको परीक्षण भने नेगेटिभ देखिएको छ। यसअघि सो प्रतियोगिता अन्तर्गत नै आइतवार भएको खेलमा पोर्चुगल र फ्रान्सबीच बराबरी भएको थियो। बिबिसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!