खबर ठुलो छ

चेन्नाई सुपर किंग्सले आईपीएल क्रिकेटमा तेस्रो जित हात पारेको छ । दुबईमा मंगलबार भएको खेलमा महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नाईले सनराइजर्स हैदरावादलाई २० रनले हरायो । हैदरावादको यो पाँचौं हार हो ।

चेन्नाईले पहिले ब्याटिङ गर्दै हैदरावादसामु १६८ रनको चुनौती पेश गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो । हैदरावादका लागि केन विलियम्सनले ५७ रन बनाए पनि जित दिलाउन सकेनन् ।

चेन्नाइका लागि ड्वेन ब्राभो र कर्ण शर्माले दुई–दुई विकेट लिए । साम कुरान, रविन्द्र जडेजा र शार्दुल ठाकुरले एक–एक विकेट लिए । जडेजाले ब्याटिङमा पनि राम्रो गरे । उनले १० बलमा नटआउट २६ रन बनाए । यो प्रदर्शनका कारण उनी म्यान अफ द म्याच भए ।

यो जितसँगै चेन्नाई अंक तालिकाको छैटौं नम्बरमा पुगेको छ र प्लेअफको दौड रोमाञ्चक बनेको छ ।

चेन्नाई, हैदरावाद र राजस्थान रोयल्सको समान ६–६ अंक भएको छ । रन रेटका आधारमा हैदरावाद पाँचौं र राजस्थान सातौं स्थानमा छन् । चौथो नम्बरमा रहेको कोलकाता नाइट राइडर्सको आठ अंक छ । हैदरावाद र चेन्नाईले बाँकी टिमसँग एक–एक म्याच बढी खेलेका छन् । यी दुवै टिमले आठ खेल खेलिसकेका छन् ।

बुधबार, आश्विन २८, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • प्रदेश १ को नाम के राख्दा ठिक होला ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया