लगातार ओरालो लागेको नेप्से आज पनि रातोमय देखिएको छ । हिजो सोमवार हरियो झण्डा एक कदम अगाडी देखिए पनि आज फेरी रातोमय भएको छ । बजारको शुरुवाता १५८४ को तीब्र गतिमा सकारात्मक रुपले अगाडी बढे पनि आधा घण्टामै तल झर्दै ९ अंकले घटेर १५६८ मा बन्द भएको छ ।
मध्याह्न १२ बजे पश्चात दिउँसो २ बजे सम्म समान्य तलमाथी हुँदै एकनासले अगाडी बढे पनि २ बजे पश्चात लगातार ओरालो लाग्दै १५६८.४८ मा बन्द भएको छ ।
आजको बजारमा कारेबार १ अर्व ८१ करोड ९६ लाख ३८ हजार ९ सय ७७ को टर्न अभर भएको छ । १९२ कम्पनीको सहभागीता रहेको आजको बजारमा ६७८२९४७ शेयर ट्रेड देखिएको छ ।
टे«डिङ्ग र मिच्वल फण्ड सहितके केहि मात्र कम्पनीमा हरियो देखिए पनि अन्य सबैमा रातो नै देखिएको छ । आज पनि हाइड्रो पावरमा सेलिङ्ग देखिएको छ र हाइड्रो पावर इन्डेक्स २ प्रतिशत तल झरेको छ । दशैं तिहार नजदिक आउँदा सेलिङ्ग प्रेसर बढेको जानकारहरु बताउँछन् । चालु सप्ताह नेप्से कतिमा बन्द हुन्छ भन्ने कुरा बजारको लागि चासोको विषय बनोको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!