सोमबार, आश्विन २६, २०७७ || 636  पटक पढिएको

बंगलुरुमा हाल भएको एक विवाहको केही दिन यता निकै चर्चा भएको छ । त्यसै पनि विवाहको चर्चा हुन्छ । वास्तवमा विवाहको चर्चा हुनुमा खास कारण छ । जहाँ एक छोरीको विवाह समारोहमा दलहीको पिता र दुई भाई हत्कडीको साथमा पुगेका थिए ।

एक युवतीको विवाहमा उनका पिता फिल्मी स्टाइलमा प्रवेश गरेपछि उपस्थित मानिसहरु तर्सिएका थिए । दुलहीका पिताको प्रवेश गरेपछि केटा पक्षका जन्तीहरु पनि एकछिन हेरेको हेरै भए । एक पिता हातमा हत्कडी लगाएर पनि विवाहमा सरीक भएका थिए । आश्चर्यको कुरा चाहिँ उनका दुई छोरा पनि यस्तै हालतमा विवाहमा उपस्थित भएका थिए ।

भारतीय समाचार अनुसार विवाह गर्ने युवतीको पिता र दुई भाई एक हत्याको आरोपमा जेलमा सजाय काटीरहेका थिए । कर्नाटक उच्च अदालतमा तीनै जना हत्याका आरोपी विवाहमा उपस्थित हुने इजाजत दिएको थियो । अदालतले विवाहमा उपस्थित भएर साझ ६ बजेसम्म जेलमा फर्कन आदेश दिएको थियो । प्रहरीको घेरामा जेलबाट पुगेका बाबु र भाईहरु विवाहमा आकर्षणका केन्द्र बनेका थिए ।

४९ वर्षका मनोहर मलेड र उनका दुई छोरामा हत्याको आरोपको केस चलिरहेको थियो । हत्या गर्नुको साथै उनीहरुमाथि धम्की दिएको आरोप पनि लागेको छ । छोरीको विवाहमा उपस्थित हुन पाउन अनुमति दिन मनोहरले उच्च अदालतमा निवेदन दिएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!