सोमबार, आश्विन २६, २०७७ || 679  पटक पढिएको

सप्ताहको पहिलो दिन आइतवार रातोमय देखिएको नेप्से आज सप्ताहको दोस्रो केहि हरियो देखिएको छ । आज नेप्से २ अंक बढेर १५७८ मा बन्द भएको छ ।

बजारको शुरुवात तीव्र गतिमा उकालो लागेर १५८० गएतापनि केहि बेरमै ९ अंक घटेर १५६७ सम्म तल झरे । दिन भरि देखिएको उतार चढाव बीच बजारमा विक्रि प्रेशर बढेको देखियो ।

आज बजारमा कम्पनीको सहभागीता पनि कम देखिएको छ । १८९ कम्पनी सहभागी भएको आजको बजारमा १ अर्व ९४ करोड ९० लाख ६० हजार १ सय ९४ को टर्न अभर भएको छ भने ६८१५७१० शेयर ट्रेड देखिएको छ । आजको कारोबारमा डेभलोपमेन्ट बैंक को दबदबा कायम रहेको देखिएको छ । त्यस्तै हाइड्रो पावरमा क्षेत्रमा अस्थिरता कायम नै रहेको देखिन्छ । दशैं नजिकिदा पनि बजारमा सेलिङ्ग प्रेशर देखिएको जानकारहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!