सोमबार, कार्तिक ०४, २०७६ || 2208  पटक पढिएको

झापा । झापाको भद्रपुर–७ मा दिनहँु जसो जंगल हात्तीले आंतक मच्चाउँदा सो क्षेत्रका वासिन्दा त्रसित बनेका छन् ।

वडा नं. ७ वोक्तोवारीस्थित फूलसिंह राजवंशीको घर आसपास शनिवारराति आएको जंगली हात्तीले उपद्रो मच्चाएको छ । पाँच वटा ठूला दारा भएका र एउटा बच्चा हात्ती समेत गरी ६ वटा हात्तीले त्रस्त बनाएको स्थानीय सुनील राजवंशीले बताए ।

विहानी पख सोही हात्तीको समूहले अञ्जनी मोडस्थित मित्र चम्लागाँईको घरमा रहेको २ बोरा चोकर समेत खाइदिएको राजवंशीले जानकारी दिए ।

स्थानीयले वन कार्यालयमा खवर गरे पश्चात कार्यालयबाट आएका कर्मचारीहरुले हात्ती खेदाएको र के कति क्षति भयो भन्ने यकिन नभएको वडा नं. ७का वडाध्यक्ष विनोद पोखरेल वताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!