खबर ठुलो छ

सन् २०५० सम्ममा भारतीय अर्थतन्त्र विश्वको तेस्रो ठूलो अर्थतन्त्र हुने एक अध्ययनले देखाएको छ। ल्यान्सेट जर्नलमा प्रकाशित उक्त अध्ययनले यस्तो निश्कर्ष देखाएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले लेखेको छ । अध्ययन अनुसार अर्थतन्त्रका हिसाबले सन् २०५० सम्म संयुक्त राज्य अमेरिका र चीनपछि भारत तेस्रो स्थानमा पुग्ने भनिएको हो। हाल भारतभन्दा अघि फ्रान्स र बेलायत रहेको छ। भारत विश्व अर्थतन्त्रमा पाँचौं स्थानमा छ।

अनुसन्धानकर्ताहरूले विभिन्न देशकाे काम, उमेर समूह र जनसंख्या प्रवृत्तिको अध्ययन गरेका थिए । जसबाट संकलन भएका तथ्यांकहरु ग्रोस डोमेस्टिक प्रोडक्ट (जिडिपी) गणना गरे । सन् २०१७ मा भारत विश्वको सातौं ठूलो अर्थतन्त्र थियो । अध्ययनले सोही वर्षलाई आधार मानेर देशमा भइरहेको विकासको हिसाब गर्यो ।
‘यसअनुसार सन् २०३० सम्ममा भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बन्नेछ भने सन् २०५० सम्ममा तेस्रो स्थानमा पुग्नेछ’, अध्ययनले भनेको छ। अन्य राष्ट्रहरुमा झैं कोरोना भाइरस महामारीका कारण भारतीय अर्थव्यवस्था सुस्ताएको छ। धेरै व्यवसायहरु घाटामा छ।

यो वर्ष जिडिपी अप्रिलदेखि जुनको त्रैमासिक अवधिमा २३.९ प्रतिशतले संकुचित देखिएको छ। विगत ८ वर्षमा भन्दा यो ३.१ प्रतिशतले सुस्त गतिमा बढिरहेको छ।  गत दशकमा भारतको जिडिपी वृद्धि विश्वको सबैभन्दा माथि छ। स्थिर शहरीकरण र प्रविधिमा सुधारका कारण भारतीय अर्थव्यवस्था तीव्र गतिले वृद्धि हुने बताइएको छ।

यो पनि हेर्नुस:

सोमबार, आश्विन २६, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • प्रदेश १ को नाम के राख्दा ठिक होला ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया