सोमबार, आश्विन २६, २०७७ || 783  पटक पढिएको

पृथ्वी राजमार्गअन्तर्गत धादिङको सिम्लेमा गुडिरहेको बसमा एक्कासि आगलागी भएको छ । हेटौंडाबाट काठमाडौ आउँदै गरेको ना ५ ख ६९० नम्बरको बसमा सोमबार बिहान ३ बजेतिर एक्कासि आगो लागेको हो । आगलागीबाट बसमा पूर्ण रुपमा क्षति पुगे पनि सबै यात्रु सुरक्षित रहेको इलाका प्रहरी कार्यालय गजुरीले बताएको छ । बसमा १७ जना यात्रु रहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षण भोजराज पाण्डेले जानकारी दिए । धुनीवेसी नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा करिब एक घण्टा लगाएर आगो निभाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!