सोमबार, आश्विन २६, २०७७ || 1252  पटक पढिएको

सुनसरीको विभीन्न स्थानमा दुर्घटनामा परि तिन जनाको मृत्यु भएको छ ।

सुनसरी भोक्राहा नर्सिङ-१ स्थित राजमार्गमा प्रदेश न.२-०१-००१ प १६०७ नम्बरको मोटरसाईकलले पैदल यात्री ६५ बर्षीय सोकील मियालाई ठक्कर दिदा उनको मृत्यु भएको छ । हिजो विहान पौने १० बजे बाटो क्रस गर्ने क्रममा मोटरसाईकलले ठक्कर दिएर गम्भिर घाईते भएका सोकीलको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा साझँ साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसै गरी हिजो अपरान्ह सवाँ ४ बजे सुनसरी दुहबी कदमगाछी स्थित राजमार्गमा मे १ख २४९८ नम्बरको डिजल बोकेको ट्याङकरले को १७ प ६९८१ नम्बरको  मोटरसाईकल लाई ठक्कर दिदा मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ सुन्दरहरैचाका ७० बर्षीय कृष्ण दाहाल रहेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । ठक्कर दिने मोटरसाईकल, मोटरसाईकल चालक- सिराहा लहानका  १९ को नरेन्द्र कुमार दास र ट्याङकर , ट्याङकर- चालक ईलामका २४ बर्षीय निरस हुमागाई नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यस्तै हिजो राती पौने १२ बजे सुनसरी भोक्राहानरसिंह-१ खोनिया पुल स्थित राजमार्गमा ना ५ ख ५१०१ नम्बरको ट्रक अनियन्त्रित भई पल्टदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तत्काल नामथर वतन खुल्न नसकेकी ३७/३८ बर्षीया महिला रहेकी जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनि ट्रकमै च्याप्पिएर घटनास्थलमै मृत अवस्थामा फेला परेकी थिईन । उनको शव जिल्ला अस्पताल ईनरुवा सुनसरीमा राखीएको छ । यता ट्रक चालक सुनसरी लालपुर-४ का ३२ बर्षीय अनुप चौधरी घाईते भएकोमा उनको विराट नर्सीङहोम विराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!