सोमबार, आश्विन २६, २०७७ || 591  पटक पढिएको

नायक राजेश हमालले केही दिन अगाडि मात्र नायिका वर्षा सिवाकोटीसँग एउटा म्यूजिक भिडियोमा काम गरे । हमालले चलचित्रको काम सुरु नभएपछि म्यूजिक भिडियोमा काम गर्ने मन बनाएका हुन् । उनै, हमालसँग लोकगीतको भिडियोमा नायिका वर्षा सिवाकोटीले काम गरिन् ।

वर्षाले भने नायक राजेश हमालसँग काम गर्न पाएकोमा खुशी व्यक्त गरिन् । तर, म्यूजिक भिडियोमा एकसाथ काम गर्नका लागि हमालले नै नायिका सिवाकोटीलाई रोजेका थिए । हमालको रोजाइमा नायिका सिवाकोटी किन परिन् त ? वुझिएअनुसार, कुनै पनि विवादमा नपरेको भन्दै हमालले सिवाकोटीलाई रोजेका थिए ।

हमाललाई अफर गर्न गएको ‘मञ्जरी’ गीतको टिमले विभिन्न मोडलको नाम अगाडि सारेको थियो । म्यूजिक भिडियोमा नाम चलेका मोडलहरुको नाम अगाडि सार्दा हमालले वर्षालाई रोजे । श्रोतले भन्यो–‘राजेश हमाल चलचित्र क्षेत्रका सबै कुरामा अपडेट हुनुहुदोरहेछ । कुन कलाकारको विवाद भएको थियो भन्ने पनि उहाँलाई राम्रोसँग थाहा छ । यसैले, वर्षाको कुनै विवाद नभएको भन्दै हमालले रोज्नुभएको हो ।’

कलाकारको नकारात्मक विवादले करिअरमा कती ठूलो असर पर्छ भन्ने कुरा, यो कुराले पनि वुझ्न सकिन्छ । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!