आमिर खान र उनकी जेठी श्रीमती रिना दत्ताकी छोरी इरा खान विगत चार वर्षदेखि क्लिनिकल डिप्रेशनसँग जुधिरहेकी छिन् । यो खुलासा इरा आफैले सोसल मिडियामार्फत् गरेकी हुन् । शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको मौकामा उनले एक भिडियो सार्वजनिक गर्दै आफ्नो कुरा राखेकी हुन् ।

‘म चार वर्षदेखि डिप्रेशनमा छु’

भिडियोमा इरा भन्छिन्, ‘हाय ! म डिप्रेस्ड छु । म चार वर्षदेखि डिप्रेशनमा छु । म डाक्टरकोमा पनि गएकी थिएँ । म क्लिनिकल्ली डिप्रेस्ड हुँ । तर अब म राम्रो महसुस गरिरहेकी छु र पछिल्लो एक वर्षदेखि मानसिक स्वास्थ्यको विषयमा केही गर्न चाहिरहेकी थिएँ । तर बुझ्न सकेकी थिइनँ कि के गरुँ ।’


‘त्यसैले मैले निश्चित गरेँ कि तपाईंलाई आफ्नो यात्रामा लिएर जाने । हेरौं अब के हुन्छ । आशा छ कि हामीले आफैंलाई राम्रोसँग चिन्न सक्नेछौं । मानसिक स्वास्थ्यलाई राम्रोसँग बुझ्न सक्नेछौं । आउनुहोस्, त्यहाँबाट सुरु गरौं जहाँबाट मैले सुरुवात गरेकी थिएँ । म के कुराले डिप्रेस्ड हुँ ? म डिप्रेस्ड हुने को हुँ ? मसँग त सबैकुरा छ नि, हैन ?’

‘कुराकानी सुरु गरौं’

भिडियोको क्याप्सनमा इराले लेखेकी छिन्, ‘धेरै कुरा चलिरहेको छ ? धेरै मानिसहरुले धेरै कुरा भनिरहेका छन् । कुराहरु साँच्चै नै भ्रामक र तनावपूर्ण र सजिलो छन् र ठिक छन्, तर ठिक छैन । जीवन सबैसँग छ ।’

थिएटर डेब्यू गरिसकेकी छिन्

२३ वर्षकी इराले गत वर्ष ‘युरिपाइड्स मेडिया’ नामको नाटकबाट थिएटरमा डेब्यू गरेकी थिइन् । उनले यो नाटकलाई निर्देशन गरेकी थिइन् । यसै शोमार्फत् वरुण धवनकी भतिजी अंजिनी धवनले नायिकाको रुपमा डेब्यू गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!