सोमबार, आश्विन २६, २०७७ || 652  पटक पढिएको

यूईएफए नेशन्स लिगमा इंग्ल्याण्डले बेल्जियममाथि जित निकालेको छ । आइतबार राति भएको खेलमा इंग्ल्याण्डले बेल्जियमलाई २–१ गोलले हराएको हो ।

इंग्ल्याण्डको मैदानमा भएको खेलमा बेल्जियमले सुरुआती अग्रता बनाएको थियो । १६औं मिनेटमा रोमेलु लुकाकुले पेनाल्टीमा गोल गर्दै बेल्यिमलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ३९औं मिनेटमा इंग्ल्याण्डले पनि पेनाल्टीको मौका पाएको थियो, जसमा मार्कुस राष्फोर्डले गोल गर्दै इंग्ल्याण्डलाई बराबरीमा फर्काए ।

खेलको ६४औं मिनेटमा मासोन माउन्टले गोल गरेपछि इंग्ल्याण्डले बेल्जियममाथि २–१ गोलको पुनरागमन जित निकालेको हो ।

जितसँगै समूह ‘बी’को शीर्ष स्थानमा रहेको इंग्ल्याण्डले तीन खेलबाट ७ अंक जोडेको छ । बेल्जिमय भने ६ अंकका साथ दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!