आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोग लागेका ३ जनालाई रामेछाप जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्‍न आदेश दिएको छ जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको इजलासले खाँडादेवी गाउँपालिकाका शिक्षक भोजबहादुर भण्डारीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोग लागेका भटौलीका गुणराज तामाङ, सहदेव मगर र प्रदिप भन्ने जफलबहादुर गोलेलाई पुर्पक्षमा राख्न आदेश दिएको हो ।

भण्डारीले आत्महत्या गर्नुअघि छोडेको पत्रमा उनीहरुको नाम उल्लेख गरेका थिए । परिवारजनले सोही पत्रका आधारमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान गरेको थियो ।

प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलले आत्महत्या दुरुत्साहन मुद्दामा अदालतबाट आदेश आएपछि तीनै जनालाई रामेछाप कारागार पठाइएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!