आज शेयर सप्ताहको पहिलो दिन नै बजार ओरालो लागेको छ । अजको बजार सकारात्मक रुपले प्रि बुकिङ्गमा खुले पनि त्यसले बजार थाम्न सकेन । बजारको शुरुवातमा नै सेलिङ्ग प्रेशर देखिएकोमा अन्त रातोमा बन्द भएको छ ।
अजको नेप्से कारबोबार १३.३७ अंकले घटेर १५७६.२७ मा बन्द भएको छ ।
बजारको शुरुवात १५९४ बाट शुरु भए पनि एक घंटा बित्दा नबित्दै १२ अंकले तल झरे । केहि बेर पश्चात फेरी उकालो लागेर १५९१.६४ मा पुगेको नेप्से लगातार तल झर्दै १५७६.२७ मा बन्द भएको छ ।
२ अर्ब ३९ करोड़ ५४ लाख ३२ हजार ५ सय उनान्नवे को टर्नअभर भएको आजको बजारमा १९३ बटा कम्पनी सहभागी भएको थियो । आजको कारोबारमा ९२ लाख ८१ हजार ४ सय अठ्हत्तरको शेयर ट्रेड रहेको छ । एकमात्र फाइनेन्समा हरियो देखिए पनि अन्य सबैमा रातो देखिएको छ ।
आजको कारोबारमा वित्तिय क्षेत्रमा मात्र २ प्रतिशतको सकारात्मक बृद्धि देखिएको छ । आजको कारोबारमा पनि हाइड्रोपावरमा नै सर्किट देखिएको छ ।
अषाढ मसान्तको इन्ट्रेस्ट र दशैं नजदिक हुँदा अलि सेलिङ्ग प्रेशर बढेको देखिएको छ । तर तल्लो स्तरमा खरिद पनि उत्तिकै भएको देखिन्छ  ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!