आइतबार, आश्विन २५, २०७७ || 664  पटक पढिएको

भरतपुर महानगरपालिका वडा न-२० का वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ६९ वर्षीय तामाङको आइतबार दिउँसो साढे ११ बजे उपचारकै क्रममा मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । अस्पतालले निकालेको विज्ञप्ति अनुसार लामो समयदेखि उच्च रक्तचाप र सुगरको औषधि खाँदै आएका उनलाई ज्वरोखोकीसँगै श्वासप्रश्वासमा समस्या देखिएको थियो । असोज १६ गते संक्रमण पुष्टि भएका तामाङ घरमै आइसोलेसनमा रहेका अवस्था जटिल भएपछि २३ गते अस्पताल भर्ना गरिएको थियो, भरतपुर महानगरकी मेयर रेणु दाहालले बताइन् । उनका अनुसार शनिबार दिउँसोसम्म सामान्य अवस्थामा रहेका तामाङको स्वास्थ्यस्थिति जटिल हुँदै गएपछि आइतबार बिहान भेन्टिलेटरमा राखिएको थियो । तामाङ कांग्रेसबाट वडाध्यक्षको पदमा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!