गायिका एलिना चौहानको आवाजमा ‘बन चरी’ बोलको गीत सार्वजनिक भएको छ । म्युजिक भिडियो सहित युट्युबमा सार्वजनिक गीतमा भूमिका सुब्बाको शब्द रचना रहेको छ भने साजन राईको सङ्गीत रहेको छ । माइती र चेलीको सम्बन्धमा आधारित सुमधुर गीतले नेपालीहरूको महान चाड दशैं र तिहारको झल्को दिन्छ । गायिका चौहानको सुमधुर आवाजमा सजिएको यस गीतमा कलाकार लक्ष्मी बर्देवाको अभिनय रहेको छ ।

भिडियोलाई किरण चाम्लिङले निर्देशन गरेका हुन् । गीत तथा गीतको भिडियोमा आफूलाई जन्म दिने आमा बुवा र आफू हुर्केको ठाउँलाई छोडेर जानुपर्दाको पिडा र सम्झना मार्मिक भावमा प्रस्तुत गरिएको छ । चाडबाड आउँदा आउने याद र टाढा हुनुको पीडा म्युजिक भिडियोमा महसुस गर्न सकिन्छ। साथमा गीतले आमा छोरीको सबन्धलाई पनि सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । गीतलाई बिजु कर्माचार्यले एरेन्ज गरेका हुन भने भर्जिन भोइसमा रेकर्ड गराइएको गीतलाई रोबर्ट लिम्बु सुब्बाले रेकर्ड गरेका छन् । अनिल रानाले सम्पादन गरेको भिडियो भूपेन्द्र तुबहाम्फेले खिचेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!