पोल्यान्डकी इगा स्विटेकले शनिबार फ्रेञ्च ओपन टेनिसको उपाधि जितेर इतिहास रचेकी छिन्। १९ वर्षीया इगाले आइतबार भएको उपाधि भिडन्तमा अमेरिकाकी सोफिया केनिनलाई ६-४ र ६-१ को सोझो सेटमा पराजित गरेर उपाधि जितेकी हुन्। विश्वको ५४ औं वरीयतामा रहदा चौथो वरीयताकी खेलाडीलाई पराजित गर्दै च्याम्पियन बनेपछि उनले कम वरीयतामा फ्रेञ्च ओपन जित्ने खेलाडीको रेकर्ड बनाइन् । इगा ग्रान्डस्लाम टेनिसको उपाधि जित्ने पहिलो पोलिस खेलाडी समेत बनिन्। यस्तै सन् १९९२ पछि फ्रेञ्च उपाधि जित्ने कम उमेरकी खेलाडीको रेकर्ड पनि राखिन्। जुनियर विम्बल्डन च्याम्पियन जितेकी इगाले प्रतियोगितामा कुनै पनि सेटमा पराजय भोग्नु परेन । उपाधि जितेपछि उनले जीवनकै ठूलो अनुभव भएको बताएकी छिन्। ‘मैले उपाधि जित्छु भन्ने लागेको थिएन,’ इगाले भनिन्,’यो मेरो लागि साँच्चै आश्चर्यजनक छ। यो जीवन परिवर्तन गर्ने अनुभव हो।’

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!