आइतबार, आश्विन २५, २०७७ || 660  पटक पढिएको

बागलुङमा एकैदिन ३० सैनिकलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको स्वाब परीक्षणबाट संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये २९ पुरुष र एक महिला रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका दुई पुरुष, उच्च अदालत बागलुङ इजलासका २ कर्मचारी र १ जना थुनुवामा पनि कोरोना संक्रमण पुष्टि भएको हो । चार दिनअघि सेनाका २८ जनामा एकैपटक कोरोना संक्रमण देखिएको थियो । तित्याङस्थित तामाखानीमा काम गर्ने मजदुरमा कोरोना देखिएपछि सुरक्षामा खटिएका सैनिकको स्वाब परीक्षण गरिएको थियो । उनीहरुमा संक्रमण देखिएपछि सेनाको ब्यारेकमा परीक्षण थालिएको थियो ।

सैनिकहरुमा धेरै संक्रमण देखिएपछि २३ नम्बर बाहिनीमै ८० बेडको आइसोलेसन बनाइएको छ । ‘अस्पताल वा अन्य स्थानमा लैजानुभन्दा यही सुरक्षित बेड बनाएर राखेका छौं’ एक सैनिक अधिकारीले भने, ‘समुदायमा नपुगोस् भनेर उच्च सर्तकता पनि अपनाएका छौं ।’

प्रहरीमा यसअघि एक निरीक्षकलाई कोरोना संक्रमण देखिएको थियो । उनको सम्पर्कमा आएका अन्य दुई जनामा कोरोना पुष्टि भएको हो । प्रहरीका संक्रमित भने अस्पतालको आइसोलेसनमा जानेछन् । बागलुङ नगरपालिकाकै एक जनप्रतिनिधि र अर्का एक होटल व्यवसायीमा पनि संक्रमण पुष्टि भएको हो ।

अहिलेसम्म जिल्लामा ५ सय २५ जनामा कोरोना संक्रमण भइसकेको छ । तीमध्ये ३ सय ६७ जना निको भएका छन् । अझै १ सय ५७ जना आइसोलेसनमा रहेका छन् । संक्रमणको दर बढेपछि जिल्लाका दशवटै पालिकाले १०/१० वटा आइसोलेसन थप गरेका छन् । अहिलेसम्म जिल्लामा २ सय २० बेडको आइसोलेसन बनेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!