शनिबार, आश्विन २४, २०७७ || 532  पटक पढिएको

भक्तपुर नगरपालिकाले आज महालक्ष्मी र व्यासीका मासु तथा खाद्यान्न पसलको अनुगमन गरेको छ । अनुगमनका क्रममा खाद्यान्न पसलमा म्याद नाघेका सामान बिक्रीमा राखेको जनाइएको छ ।

अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनका क्रममा म्याद गुज्रेका र अखाद्य सामान जफत गरी नष्ट गरिएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो । मासु पसलमा ढक तराजु नापतौल विभागमा नवीकरण नगरेको, एप्रोन प्रयोग नगरी मासुको काम गरेको, मासु जालीले नछोपेको, मूल्यसूची नराखेको पाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!