खबर ठुलो छ

बलिउडदेखि हलिउडसम्म नै चर्चा पाएकी अभिनेत्री प्रियंका चोपडाले अमेरिकी गायक निक जोनाससँग विवाह गरिन् । उनले आफूभन्दा करिब १० वर्ष कान्छा युवकसँग विवाह गरेर झनै चर्चा पाइन् ।

उनको निक जोनाससँग पहिलो प्रेम भने होइन । बलिउड आउनुअघि र पछि उनका थुप्रै प्रेम सम्बन्धले चर्चा पाएको छ ।

प्रियंकाको पहिलो प्रेम असीम मर्चेन्टसँग बसेको थियो । उनले बलिउडमा आउनुअघि असीमसँग प्रेम गाँसेकी थिइन् । तर, विस्तारै फिल्ममा चर्चा पाउन थालेपछि उनीहरुको सम्बन्धमा पूर्णविराम लाग्यो ।

असीमसँग सम्बन्ध टुटेकी प्रियंकाको अक्षय कुमारसँग नाम जोडियो । एकसाथ फिल्ममा देखिन थालेपछि उनीहरुको प्रेमको चर्चा निकै चल्यो । उनीहरु निकै नजिक भए । जसको परिणामस्वरुप निकै बोल्ड फोटोशुट समेत गराएका थिए ।

तर, उनीहरुको प्रेमको बीचमा अक्षयकी श्रीमती ट्विङ्कल खन्ना आइन् । उनले प्रियंकाको साथमा फिल्म खेल्न समेत बन्देज लगाइन् । त्यसपछि अक्षयले प्रियंकासँग दुरी कायम गरे ।

त्यसपछि, प्रियंकाको पुनः हरमन बावेजासँग नाम जोडियो । उनीहरुले एकसाथ फिल्म समेत खेले तर फिल्म फ्लप भयो ।

यसका साथै, प्रियंकाको नाम शाहरुख खान, जेरार्ड बटलर र शाहिद कपूरसँग पनि जोडियो । तर, यी अभिनेताहरुसँग उनको अफेयर चलेको हल्ला मात्रै हो वा वास्तवमै सम्बन्धमा रहेका थिए त्यो भने कसैले खुलेर बताएनन् ।

शनिबार, आश्विन २४, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया