शुक्रबार, आश्विन २३, २०७७ || 919  पटक पढिएको

यो वर्षको दशैंका लागि नयाँ गीत आउने क्रम जारी छ । यसै क्रममा नजिकिँदै गरेको दशैंलाई लक्षित गरेर गायिका सरिता भारती र गायक हेम श्रेष्ठले आफ्नो युगल स्वरमा नयाँ दशैं गीत ‘यसपालीको दशैं…’ को भिडियो दर्शक श्रोतामाझ ल्याएका छन् । यो गीत काठे भाकामा तयार गरिएको छ । यो गीतको भिडियोलाई हामी सबैको युट्युव च्यानलबाट रिलिज गरिएको छ ।
यस अघि थुप्रै प्रकारका लोक गीत गाएकी सरिताले काठेभाका पहिलो पटक गाएको बताईन् । लोकहरुमा पनि काठोभाका आफुलाई निकै भन पर्ने भएकाले यसपटक हेम श्रेष्ठसँगको सहकार्यमा यो दशैंगीत दर्शकमाझ ल्याएको पनि उनले बताईन् । यस अघि विभिन्न मौलिक भाका ल्याएर अवार्ड जितिसकेकी सरिताले आफ्नो यो गीतले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाएको बताएकी छिन् ।
यो दोहोरी भाकाका लय सँकलन तथा संगीत हेम श्रेष्ठकै रहेको छ । काठेभाकामा आफ्नो फरक परिचय बनाईसकेका हेमको यो गीत निकै मार्मिक बनेको छ । गीतमा गायिका सरिता भारतीसँग हेमको युगाल स्वर सुहाउको छ । सोहीकारण यो गीतलाई अहिले दर्शकले रुचाएका छन् ।
यो गीतलाई गीतकार डब्बु क्षत्रीले लेखेका हुन् । बिदेशमा रहेर विभिन्न कारणले घर आउन नसकेका नेपाली कामदारहरु र उनीहरुका परिवारको पीडालाई यो गीतमा समेटिएको गीतकार डब्बु क्षत्रीले बताएका छन् । गीतको भिडियोलाई पनि क्षत्रीले नै निर्देशन गरेका हुन् । डब्बु क्षत्रीको यस अघि ६ दर्जन भन्दा बढी गीतहरु आईसकेका छन् ।
गीतको भिडियोमा गायिका सरिता भारती आफैं मोडलको रुपमा प्रस्तुत भएकी छिन् । सरिता अभिनेता श्रीदेब भट्टराईको जोडी यसमा सुहाएकोे छ । उनीहरु यसमा दम्पत्तिको भूमिकामा छन् । आफ्नो आमा, श्रीमती छोरा छाडेर भाईसँग बिदेश गाएका नेपाली कामदारले दशैंमा आउन नपाउँदा पोखेको पीडा यो गीतमा प्रस्तुत गरिएको छ । भिडियोमा चरित्र अभिनेत्री विद्या कार्की, कलाकार नारायण श्रेष्ठ लगायतले अभिनय गरेका छन् । अभिनेता श्रीदेवले पनि काठे भाकाको दशैं गीतमा पहिलो पटक अभिनय गरेको बताए । गीत निकै वियोगान्त र मार्मिक भएकाले आफुलाई मन परेको पनि उनको भनाई छ ।
यो गीतलाई रामकृष्ण थापाले संगीत संयोजना गरेका हुन् । यो दोहोरी काठे भाकालाई अनामनगरको एक्सन स्टुडियोमा रेकर्डिङ गरिएको हो । गीतलाई गोविन्द सोनीले मिक्सिङ गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!