रूसको प्रशान्त महासागरको अवच खाडीमा महा प्राकृतिक प्रकोप उजागर भएको छ । पछिल्ला दिनमा, ठूलो संख्यामा समुद्री जीवहरू मृत फेला परेका छन् । करीब ९५ प्रतिशत समुद्री जीवहरू अवच खाडीको समुद्रमा मरेका छन । जुन अहिले सम्म रूसको ईतिहासमा सबैभन्दा ठूलो समुद्री त्रास मानिएको हो । यद्यपि समुद्री जीवहरूको मृत्युको कारण के हो भनेर अझै स्पष्ट हुन सकेको छैन ।
अक्टोपस, सिल, खेका, माछाहरु लगायत धेरै जीवहरू अवच खाडीको खालाकटर्स्की समुद्री किनारमा मृत अवस्थामा फेला परेका छन् । यस समुद्री विनाशको फोटो सोशल मीडियामा पनि भाइरल भइरहेको छ ।

द मस्को टाइम्सको रिपोर्टका अनुसार केही वैज्ञानिकहरूले समुद्री जीवहरूको मृत्युको कारण प्रदूषण बताइरहेका छन् भने केही वैज्ञानिकहरू समुद्रको भित्र ज्वालामुखी विस्फोट र सैन्य परीक्षणको क्रममा रकेट ईन्धन चुहिने कुरा गर्दैछन् । घटनाको छानबिन गर्न विशेष आयोग गठन गरिएको छ ।

प्रारम्भिक अनुसन्धानले प्राकृतिक प्रकोपले समुद्री जीवहरू मात्र होइन मानवलाई पनि असर गरेको पत्ता लगाएको छ । समुद्रमा सर्फ गर्ने केही व्यक्तिहरूले बान्ता, गलामा दुखाइ र आँखामा जलन भएको बताएका छन् । स्थानीय मछुवाहरू र सर्फर्सले पानीबाट कीटनाशकको गन्ध आएको रिपोर्ट गरेका छन् ।

वातावरणीय मुद्दाहरूमा काम गर्ने संस्था ग्रीनपीस पनि घटनास्थल पुगेको छ र अनुसन्धान सुरु गरेको छ । परीक्षणबाट पानीमा पेट्रोलियम जस्तो पदार्थ रहेको पाएको छ । जसले गर्दा समुद्री जीवहरू मरेका छन् । स्थानीयका अनुसार केहि दिन देखि सिल, अक्टोपस र समुद्री माछा मर्दैछन् र समुद्र तटमा आउँदैछन् । स्थानीयका अनुसार यस्तो घटना पहिलो चोटी देखिएको छ ।

क्षेत्रीय गभर्नर भ्लादिमीर सोलोदोभले खलकातर्स्की बीचको वरिपरि समुद्रमा पानी विषाक्त भएको बताएका छन् । ग्रीनपीसले समुद्री जीवहरू लोप हुने चेतावनी समेत दिएका छन् । सोलोदोभले यो घटना केही विषालु पदार्थको फैलावट बाट भएको हो कि भनेर विज्ञहरू अनुसन्धान गरि रहेको बताएका छन् । त्यहाँ मिडिलको नजिक एउटा सैन्य परीक्षण साइट छ, रडजिनो । जुन समुद्रबाट १० किलोमिटर टाढा छ र अगस्तमा यहाँ ड्रिल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!