बुधबार नायिका रिया चक्रवर्तीले जमानत पाउने बित्तिकै सोसल मिडियामा एक तप्का खुसी मात्रै भएनन् उनीहरुले हरेक त्यस्ता व्यक्तिमाथि निशाना साँधे जसले रियालाई बदनाम गर्ने कोसिस गरेका थिए । बलिउडका थुप्रै सेलिब्रिटीले पनि रिया चक्रवर्तीको जमानतमा खुसी व्यक्ति गरे तर उनीहरुलाई यो कुराको दुःख थियो कि एक निर्दोष महिलाले यत्तिका दिनसम्म जेलमा बिताउनुपर्यो ।

रियाले पाइन् जमानत, हुमाले दिइन् प्रतिक्रियाः

नायिका हुमा कुरेशीको विशेष रोष देख्न पाइयो । उनी सबैले रियासँग माफी माग्नुपर्ने चाहेकी छिन् । उनका अनुसार सुशान्त केसमा जसले पनि मर्डर थ्योरीलाई उचालेका थिए, सबै विरुद्ध कारवाही हुनुपर्छ । उनले ट्वीट गरेकी छिन्, ‘सबैले रियासँग माफी माग्नुपर्छ । कसले मर्डर थ्योरी फैलाए, यसबारे अनुसन्धान हुनुपर्छ । लाज लाग्नुपर्ने हो कि आफ्नो एजेन्डा पूरा गर्नका लागि एक युवती र परिवारको जीवन बर्बाद पारियो ।’

सुशान्तका प्रशंसक यतिबेला हुमालाई ट्रोल गरिरहेका छन् । तर एउटा समूह यस्तो पनि छ कि उनीहरुले रियालाई निर्दोष त मानिरहेका नै छन्, उनलाई पीडित पनि बताइरहेका छन् ।

शेखर सुमन किन रिसाएका छन् ?

हुन त हुमाबाहेक तापसी पन्नू, अनुभव सिन्हाजस्ता कलाकारले पनि खुसी व्यक्त गरेका थिए । सबैले अदालतको निर्णयको स्वागत गरेका थिए र यसलाई न्यायपालिकामा विश्वास बढाउने किसिमको बताएका थिए । तर अर्कोतर्फ नायक शेखर सुमनले यो निर्णयपछि सोसल मिडियामा रिस देखाएका छन् । उनले सुरुमा त सुशान्तलाई न्याय दिलाउनका लागि अशान्त रहन आवश्यकता भएको बताएका थिए तर पनि उनले ट्वीट गरेर अब सबै समाप्त भइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!