खबर ठुलो छ

वैज्ञानिकहरूले यसअघि कहिल्यै थाहा नभएको वायुमण्डलीय संरचना भएको एउटा विशाल तारा पत्ता लगाएका छन्। त्यसको आकृति हिउँ थुपारेर बनाइने ‘स्नोम्यान’को जस्तो छ। उक्त तारा हाम्रो सूर्यभन्दा गह्रौँ छ तर त्यसको व्यास पृथ्वीको दुईतिहाइजति मात्रै छ। उक्त खगोलीय पिण्ड दुइटा ‘ह्वाईट ड्वार्फ’ तारा जोडिएर बनेको विश्वास गरिएको छ। शक्तिशाली सुपरनोभाका रूपमा त्यस्ता ताराको विस्फोटन हुन्छ। ताराहरूको आणविक ऊर्जा सकिएपछि ह्वाईट ड्वार्फ बन्छन्। त्यसो हुँदा भित्री भाग तातो बस्छ भने वरिवरिको वायुमण्डलमा हराउँछ। ताराको वायुमण्डलमा भएका गह्रौँ वस्तुहरू भित्री भागमा डुब्छन् भने हलुका वस्तु सतहमा बस्छन्।

‍अस्वाभाविक

केही ह्वाईट ड्वार्फमा शुद्ध हाईड्रोजन वा हीलीअम ग्यासयुक्त वायुमण्डल हुन्छ। यो WDJ0551+4135 नाम दिइएको ताराको वायुमण्डलमा कार्बन पाइएको छ। यो अस्वाभाविक हो। वरिक विश्वविद्यालयका डा. मार्क हल्यान्ड्सका अनुसार यो खोजले सूर्यजस्ता तारा मर्ने प्रक्रियाबारे थाहा पाउन सहज हुनेछ। उनले भने, “यो ताराको सबैभन्दा चाखलाग्दो कुरा भनेको यो सुपरनोभा बनेर विस्फोट हुन नसकेको हो। यति ठूला ह्वाईट ड्वार्फ एकदमै कम छन्।”

शुक्रबार, आश्विन २३, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • बुढीगण्डकी आयोजनाको ९ अर्ब पैंसा भ्रष्टाचार काण्डमा तपाई कस्को साथमा ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया