खबर ठुलो छ

उदयपुर कटारी-८ स्थित सिद्धिचरण राजमार्गको दमारको भिर भन्ने स्थानमा हिजो अपरान्ह ५ बजे ना ५ ख ९४२४ नम्बरको कन्टेनर अनियन्त्रित भई ७ सय मिटर तल खसि दुर्घटना भएको छ । कन्टेनर दुर्घटना हुदा कन्टेनर भित्र रहेका दुई जानको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन । मृत्यु हुनेमा कटारीका ४५ बर्षीय मिन बहादुर मगर र अर्का तत्काल वतन नखुलेका राकेश कुमार यादव रहेका छन । उनिहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यसै गरी कन्टेनरका चालक झापा दमकका योगेन्द्र दाहाल र सह चालक सुनसरी बहारका विजय भुजेल घाईते भएका छन । घाईते उनिहरुको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।

बिहिबार, आश्विन २२, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया