बिहिबार, आश्विन २२, २०७७ || 909  पटक पढिएको
दशैँ शुरु हुने लाग्दा  यसैलाई लक्षित गर्दै विभिन्न गीतहरु नेपाली सांगीतिक बजारमा घन्कन थालेका छन् ।  यसै क्रममा गायक तथा संगीतकार प्रजित श्रेष्ठले  नयाँ गीत ‘आहै चचहुइ’को म्युजिक भिडियो  रिलिज गरेका छन् । दशैँ र तिहारको रमाइलो  भावलाई  समेटेर तयार पारिएको यस गीतमा स्वर, शब्द र संगीत स्वयम गायक प्रजित श्रेष्ठको रहेको छ।   म्युजिक  भिडियोमा सलिना कटुवालको साथमा अन्य कलाकारहरुको अभिनय  देख्न सकिन्छ। एजेआर फिल्म्सको छायांकन रहेको यस भिडियोलाई अस्ट्रेलियामा छायांकन गरिएको हो।  गायक श्रेष्ठको लगानी र निर्देशनमा तयार पारिएको यस भिडियोलाई  गायक श्रेष्ठकै  अफिसिएल च्यानल ‘प्रजित श्रेष्ठ’ मार्फत सार्वजनिक गरिएको छ।   विदेशमा बसेर नेपाली कला, साहित्य र संगीतलाई निकै माया गर्ने  गायक श्रेष्ठले यस म्युजिक भिडियोलाई सुनेर हेरेर माया गरिदिन सम्पुर्ण संगीतप्रेमीहरुमा आग्रह गरेका छन्।
https://youtu.be/RFb4d7bFLM4

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!