आज सप्ताहको अन्तिम दिन विहिवार ११.३४ अंकले नेप्से घटेर १५८९.६४ मा बन्द भएको छ । हिजो बल्ला १५ अंकले उकालो चढेर १६०० मा बन्द भएको नेप्से आज सप्ताहको अन्तिम दिन १५८९.६४ मा झरेको छ ।

आज बजारमा प्री बुकिंगमा ६ अंक बढेको थियो । बजारको शुरुवातमा अधिकतम १३ अंक प्राप्त भएको थियो तर त्यो घटेर ७–८ अंकमा झरेको हो । दिउँसो १ बजे पश्चात बजार ओरालो झर्दै आर्जन गरेको अंक घटाउँदै गयो । विक्रेताहरुले आफ्नो मुनाफा बुक गर्न शुरु गर्यो र बजार – ११ अंकले ओरालो लागे ।

२९० करोडको टर्नअभर भएको आजको बजारमा १९३ कम्पनीको सहभागिता देखिएको छ । हिजा भन्दा आज कम्पनीको सहभागिता पनि कम देखिएको छ । बजारको शुरुवात १६१० को गतीमा उकालो लागे पनि धेरै बेर टिक्न सकेन । आजको बजार कारोबारमा अन्य दिन जस्तो उतार चढाब पनि देखिएको छैन । दिउँसो १ बजे सम्म १६०० भन्दा माथी रहेको बजार लागातार ओरालो लागेको बजार १५८९.६४ मा बन्द भएको छ ।

आजको कारोबारमा फाइनेन्स, माइक्रो फाइनेन्स र मिच्वल फण्ड बाहेकका अन्य सबै क्षेत्रमा गिरावट देखिएको छ । आज सब भन्दा कम बी एन टी मा –१.५९ प्रतिशतले गिरावट देखिएको छ भने सब भन्दा बढी –७.०८ प्रतिशतले एस पी डी एल मा गिरावट देखिएको छ । त्यस्तै सबभन्दा कम जी बी बी एल मा ०.३८ प्रतिशतको बढोत्तरी भएको छ भने सब भन्दा बढी एम पी एफ एल १०.०० प्रतिशतले बढेको देखिन्छ ।

आज बजारमा हाइड्रो पावरमा कंक्रिट देखिएको छ भने फाइनेन्स कम्पनीमा उछाल देखिएको छ । बाजारमा उतार चढावको खेल भएतापनि बाजारलाई माथी तान्ने शक्ती (बुलिसहरू) सफल भएन । बीच–बीचमा लाभ लिने आदत भएकाहहरूले बाजारलाई तल झार्न सफल भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!