खबर ठुलो छ

गायक महेश विक्रम पाण्डे र गायिका एलिना चौहनले नजिकिँदै गरेको दशैंलाई यसरी सम्झिएका छन् । ‘आयो दशैं घर दैलो नेर, रमाउँ है दुःख पिर बिर्सेर’ गीतमा गायक पाण्डेर गायिका चौहनको स्वर रहेको छ । दशैंलाई सम्झिएर रमाइलो गरौं भन्ने भावका साथ गायक पाण्डे र गायिका चौहानले गीतलाई पूर्णता दिएका छन् ।

‘आयो दशैं घर दैलो नेर रमाउँ है दुःख पिर बिर्सेर’ गीतमा पूजा गुरुङको संगीत एवं प्रदीप प्रखर पोखरेलको शब्द रहेको छ । गीतको संगीत संयोजन एवं ध्वनि मुद्रण गायक पाण्डेले नै गरेका छन् । रामेश्वर ढकालको छायाँकन रहेको गीतको म्यूजिक भिडियोलाई गायक पाण्डेले नै सम्पादन गरेका छन् । मदन खड्काको निर्देशन रहेको गीतको भिडियोमा पछिल्लो समयकी चर्चा बटुल्दै गरेकी अभिनेत्री तथा मोडल अनिता गिरीको साथमा अनुप श्रेष्ठ, हरिष भण्डारी, आकाश रोकाया, डीएन श्रेष्ठ, पवन कुँवरको अभिनय रहेको छ ।

बिहिबार, आश्विन २२, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया