अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल र स्पेनले बराबरी खेलेका छन्। पोर्चुगलको लिस्बनमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो। नेसन्स लिगको वार्म अपको रुपमा लिइएको खेलमा पहिलो हाफ स्पेनले नियन्त्रणमा लिए पनि गोल गर्न सकेन।

दोस्रो हाफमा पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले हानेको प्रहार क्रसबारमा लाग्यो। यता अर्को मैत्रीपूर्ण खेलमा इटालीले घरेलु मैदानमा माल्डोभालाई ६-० गोलले परा जित गरेको छ।

जितसँगै इटालीले अपराजित यात्रालाई १७ खेलसम्म लम्बाएको छ। इटालीका लागि शारवीले २ गोल गरे। उनले खेलेको २३ मिनेट र पहिलो हाफको इन्जु री टाइममा गोल गरेका थिए।

यस्तै क्रिस्टान्टेले १८ मिनेटमा पहिलो गोल गरिदा कापुटोले २३ मिनेटमा अग्रता दोब्बर पारे। माल्डोभाका पोस्काकले ३७ मिनेटमा आ त्मघा ती गोल गरेका थिए।इटालीका लागि खेलेको ७२ मिनेटमा बेरानडीले छैटौं गोल गर्न सफल भएका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!