अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस बिराटनगरले गर्दै आइ रहेको प्रदर्शनलाई निरन्तारता दिंदै मिल्स एरिया बिराटनगरमा शान्तिपूर्वक प्रदर्शन गरेका छन् ।
विगत २४ दिन देखि अनशनमा बस्नु भएका डा. केशीको स्वास्थ्य आवस्था विग्री रहेकोले वहाँको माँगलाई सम्बोधन गरी तात्काल अनशन तोडाएर जीवन रक्षा गर्नुपर्ने नेपाली काँग्रेस बिराटनगर माहानगर समितिका कार्यवाहक अध्यक्ष अरुण न्यौपानेले सरकार संग माँग गरेका छन ।
प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेकाका जिल्ला सदस्य राजेश गुप्ताले अनसनरत डा. केसीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको हुँदा समान्नीय प्रधान्मन्त्री ज्युले पानी खुवाई अनशन तोडाउनु पर्छ र डा केसीका मागहरु पुरा गर्नु पर्छ बताएका छन् ।
चिकित्सा क्षेत्रमा भएको बेथिति हटाउन माग गर्दै डा. केसी पटक–पटक अनशन बस्दै आइ रहेको छ । विगतमा लिखित सम्झौताहरु भए पनि कार्यान्वयनमा नआएकोले डा. केसी १९ औं पटक अनशनमा बसेका छन् । जुम्लाबाट अनशन शुरु गर्नु भएका डा. केसीको स्वास्थ्य अवस्था खराब हुँदा त्रिवि शिक्षण अस्पताल महराजगंजमा उपचार भई रहेको छ ।
कार्यक्रममा नेपाली कांग्रेस बिराटनगर माहानगर समितिका नेता पंकज वर्मा, उपाध्यक्ष प्रवीण जोशी, सचिव निरज कोइराला सहितका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो । महानगर समितिले आज चौथो दिन प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!