बुधबार, आश्विन २१, २०७७ || 318  पटक पढिएको

आज सप्ताहको चौथो दिन बुधवार नेप्से १५ अंकले उकालो चढेर  १६०० मा बन्द भएको छ । सप्ताहको पहिलो दिन आइतवार नै हिपमत मिडियाले नेप्से छिटै नै १६०० मा जाने प्रायः निश्चित जस्तो देखिएको विश्लेषकहरुले आशंका गरेको समाचार सम्प्रेशन गरि सकेका छन् ।

आजको बजार १५९३ बाट शुरु भएर तल झर्दै अगाडि बढि रहेका थिए । दिउँसो करिब १ बजे पश्चात लगातार उकालो चढेका बजार अन्ततः १६०० मा गएर बन्द भएको छ । १९५ कम्पनीको सहभागिता भएको आजको बजारमा ३३५ करोडको टर्नअभर भएको छ ।

आज पनि हाइड्रो पावरमा बुलिस ट्रेन्ड देखिएको छ । हाइड्रो पावर इन्डेक्स आज ५.५४ प्रतिशतमा बन्द भएको छ । त्यस्तै दोस्रो स्थानमा होटलमा २.९८ प्रतिशत र तेस्रो स्थानमा फाइनेन्स २.९४ प्रतिशतले वृद्धि भएको देखिन्छ । आजको कारोबारमा एक–दूई कम्पनी बाहेक अधिकांश कम्पनीमा बढोत्तरी देखिएको छ ।

अजको कारोबारमा हाइड्रो पावर क्षेत्रमा सब भन्दा बढी १८,९७३ को ट्रानजेक्सन भएको छ भने कमर्सियल बैंकमा ६,२२५, डिभलोपमेन्ट बैंकमा २,५७५, ननलाइफ इन्सोरेन्समा १,८७१, फाइनेन्समा १,१२७ को ट्रनजेक्सन भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!