चीनसँगको सिमावर्ती क्षेत्र फक्ताङलुङ गाउँपालिका ७ ओलाङ्चुङगोलामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बुधबार बिओपी उद्घाटन गरेका हुन् । नेपाल चीनको सिमाना टिप्तालाभञ्ज्याङ नजिकै मौवाटारमा राख्ने बिओपी संरचना निर्माण नभएसम्मका लागि ओलाङ्चुङगोलामा राखिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले बताए । भवनसहित संरचना बनेपछि गोलाबाट स्थानान्तरण हुने छ । ओलाङचुङगोलाबाट टिप्तालाभञ्ज्याङ २१ किलोमिटर दुरीमा छ भने मौवाटार १३ किलोमिटर । शेर्पा समुदायको चौरी चरनको क्षेत्रको रुपमा रहेको मौवाटारमा अहिले सामान्य गोठबाहेक कुनै पनि संरचना छैन ।

बिओपी स्थापनाले सीमा सुरक्षा, शान्ति सुरक्षा र अवाञ्चित गतिविधि नियन्त्रणमा टेवा पुग्ने मन्त्री भट्टराईले बताएका छन् । गोलामा प्रहरी निरीक्षक (इन्स्पेक्टर) नेतृत्वमा २१ जना प्रहरीको टोली बस्ने भएको छ । ३५ जनाको दरबन्दी भए पनि तत्कालका लागि २१ जनामात्रै रहने सशस्त्र प्रहरी श्रोतले बताएको छ । उद्घाटन कार्यक्रममा गृह सचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी महानिरीक्षक लगायतका टोली हेलिकप्टरवाट गएको थियो । यसअघि भातरसँगको सिमावर्ती पाँचथरको चिवाभञ्ज्याङ लगायतका स्थानमा बिओपी स्थापना भएको थियो । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!