अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुले बुधबार प्रदर्शन गरेका छन् ।  १९ औं अनशनको २४ दिन बितिसक्दा पनि सरकारले बेवास्ता नगर्दा डा. केसीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको भन्दै उनीहरुले जीवन रक्षाका लागि सरकारलाई दबाब दिन सडकमा उत्रनु परेको बताएका छन् । प्रदर्शनमा सहभागी एक चिकित्सकले भने, ‘त्रिवि शिक्षण अस्पतालको शय्‍यामा अनशनरत डा केसीको जीवन रक्षाको माग गर्दै हामी चिकित्सकहरु सडकमा उत्रिएका हौं ।’
प्रतिष्ठानबाट निस्केको व्यानर, प्लेकार्डसहितको र्‍याली भानुचोक हुँदै नगरपरिक्रमा गरेको थियो । चिकित्सकहरुले ‘डा.केसीको अनशन मेडिकल माफियालाई टेन्सन’, ‘डा. केसीको जीवन रक्षा गर’ लगायत नारा लगाएका थिए ।

प्रतिष्ठानको जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीको आव्हानमा उत्रिएका उनीहरुले डा.केसीको माग तत्काल सम्बोधन गर्न माग गरे । चिकित्सा क्षेत्रमा भएको बेथिति हटाउन माग गर्दै डा. केसीले पटक-पटक अनशन बसेपछि सरकारले विगतमा लिखित सम्झौता गरेको थियो । तर ती सम्झौता कार्यान्वयन नभएको भन्दै डा. केसी १९ औं पटकको अनशनमा छन् । जुम्लाबाट अनशन सुरु गरेका डा. केसी अहिले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!