बुधबार, आश्विन २१, २०७७ || 563  पटक पढिएको

मन्दिरमा प्रवेश गर्दा हामीले जुत्ता चप्पल फुकाल्छौँ । तर यो दुनियामा एउटा यस्तो मन्दिर छ जहाँ भगवानलाई उल्टै जुत्ता चप्पल मात्र चढाइन्छ । भारतको मध्यप्रदेशको राजधानी भोपालमा उक्त अनौठो मन्दिर रहेको छ । पहाडि इलाकामा रहेको उक्त मन्दिरको नाम जिजीबाई मन्दिर हो । सो मन्दिरमा जुत्ताचप्पल चढाउने चलन लामो समयदेखि चलिआएको छ । देवी दूर्गाको उक्त मन्दिरमा जुत्ता चप्पल चढाएपछि आफ्नो मनको आकांक्षा पूरा हुने जनविश्वास त्यहाँ रहेको छ । उक्त मन्दिरमा जुत्ता चप्पल चढाउनका लागि विश्वका विभिन्न देशहरुमा बसोबास गर्ने सो क्षेत्रका मानिसहरुले वर्षेनी विदेशी ब्राण्डेड जुत्ताचप्पल पठाउँदछन् । देवीलाई चढाएका जुत्ता चप्पल एक दिनरात मन्दिरभित्रै राखिन्छ र अर्को दिन पुजारीले मानिसहरुलाई बाँडिदिन्छन् । मन्दिरमा जुत्ता चप्पल मात्र होइन चश्मा, टोपी तथा घडीहरु तथा अन्य पहिरन समेत चढाउने गरिन्छ । स्थानीय पुजारीले उक्त मन्दिरमा स्थापित दूर्गाको मूर्तिलाई छोरीको रुपमा पूजा गर्ने गरेको बताइन्छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!