बुधबार, आश्विन २१, २०७७ || 738  पटक पढिएको

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच बालुवाटारमा एक घन्टा वन टु वन वार्ता भएको छ । वार्तामा मन्त्रिमण्डल पुर्नगठन र वामदेवको अदालतमा विचाराधीन मुद्दाबारे कुराकानी भएको बुझिएको छ ।

ओलीले आज विहान गौतमलाई छलफलका लागि अकस्मात् बोलाएका थिए । लगत्तै उनी भैंसेपाटीबाट निस्किए बालुवाटार छिरेका थिए । विश्वस्त स्रोतका अनुसार ओलीले वामदेवसँग मन्त्रिमण्डल पुर्नगठनलगायत पार्टीको आन्तरिक राजनीतिबारे छलफल गरेका थिए ।

ओलीले अदालतमा वामदेवविरुद्ध दायर मुद्दामा आफ्नो भूमिकाबारे बाहिर चलेको हल्लाबारे समेत चासो राखेका थिए । उनले गौतमले त्यसमा आशंका गरेकोमा पनि नगर्न भनेको बुझिएको छ । तर, गौतमले पनि हल्ला चल्नुलाई गम्भीरताका साथ लिएको स्रोतले बताएको छ ।

राष्ट्रियसभाका मनोनित सांसद गौतमलाई सरकारमा लान अदालतले अल्पकालिन रोक लगाएको अवस्थामा ओली र गौतमबीच भेटवार्ता भएको हो ।

बामदेवलाई मन्त्री नबनाउनु भनी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको मुद्दाको संवैधानिक इजलाश गठन भएको छ । यसको अन्तिम किनारा यसै हप्ता लाग्ने सम्भावना छ ।

REPORTERS NEPAL  बाट    

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!