आइतबार, कार्तिक ०३, २०७६ || 2178  पटक पढिएको

ईटहरी/ कुनै एकबेला नेपाली संगीत उधोगका चर्चित पप गायक नबिन के भट्टराईको स्वरमा सजिएको एक्लो यात्रा बोलको गीत तथा म्यूजिक भिडियो बिहिबार सार्वजनिक भएको छ । पार्वती सुबेदीको शब्द रहेको म्यूजिक भिडियोको निर्देशक आर्यान बिक्रम नेपालले गरेका छन । हेर्नुस उक्त भिडियो यस्तो बनेको छ ।

सार्बजनिक भिडियोको गितमा संगीत सिखर सन्तोसको रहेको छ । भिडियोमा सद्दाम हुसेन र बर्षा सुनुवारको अभिनय रहेको छ । भिडियोमा हुसेन र सुनुवारले निकैनै राम्रो अभिनय गरेका छन् । बर्षाको निधन भएपछि हुसेन एक्लो भएर दिन रात बर्षालाई नै सम्झिरहने र बर्षाकै बारेमा सोचिरहने हुसेन बाईकमा गुडिरहेको बेला बर्षालाई सम्झिरहेको हुन्छ, र उसको पनि कारसंग गएर ठोकीन्छ र हुसेनको पनि मृत्यु हुन्छ ।

कथालाई भिडियोमा कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ भने कलाकारले पनि कथाको मर्मलाई न्याए दिएका छन् । भिडियोमा एक्लो हुदाको पिडालाई पनि समेटिएको छ । आदिल अन्सारी र सिशा घिमिरेले संयुक्त सम्पादन गरेको म्यूजिक भिडियोमा छायंकन आदिल अन्सारी संगै न्यु क्रीयसन स्टुडियो हेटौंडाले गरेको हो । भिडियोलाई गीतका गायक नबिन के भटट्राईकै युट्युब च्यानबाट गत बिहिवार सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!