बुधबार, आश्विन २१, २०७७ || 563  पटक पढिएको

हिजोआजको व्यस्त जीवनशैलीमा खानाको ठेगान नहुँदा नै धेरैमा पेटसम्बन्धी समस्या हुने गरेको देख्न सकिन्छ । ग्यास्ट्रिक रोग अहिले नेपालीको साझा रोग जस्तै बनिसकेको छ । ग्यास्ट्रिकबाहेक एसीडीटी, अपच, कब्जियत आदि पनि अहिले सामान्य बन्न लागिसकेको छ ।

यस्ता समस्या समाधानको लागि नियमित औषधि सेवन गर्नु पनि महँगो साबित हुन लागिसकेको छ । तर यसको लागि योग सहज तरिकाले यी समस्याको समाधानको एउटा विकल्प बन्न सक्छ ।

योगमा विभिन्न आसनहरू हुन्छन् । जुन स्वास्थ्यसम्बन्धी विभिन्न समस्या समाधानको लागि उपयोगी हुन सक्छ । तीमध्ये पेटको समस्याको लागि उपयोगी मानिने विभिन्न आसनहरूको व्याख्या तल गरिएको छ ।

पवनमुक्तासन

पेटको समस्याबाट राहत पाउनको लागि योगासनमध्ये यो आसन उपयोगी हुने बताइन्छ । यो आसनले ग्यास्ट्रिक र पेट भारी हुने समस्यालाई समाधान गर्ने गर्छ । यो आसनमा नियमित योग गर्दा शरीरमा शक्ति प्राप्त हुन्छ । दिमाग शान्त रहने र दिनभरि शरीरमा ऊर्जा प्रदान गर्न पनि यो आसन उपयोगी हुने उनी बताउँछन् । यसले मेरुदण्डलाई बलियो र लचिलो बनाउनमा मद्दत गर्छ ।

कसरी गर्ने यो आसन ?

म्याटमा हात र खुट्टा फिँजाएर उत्तानो परेर सुत्ने ।

लामो सास तान्ने र छाड्ने ।

बिस्तारै खुट्टालाई घुँडाबाट खुम्याउने र घुँडालाई छातीतर्फ ल्याउने ।

घुँडालाई छातीमाथि ल्याएपछि हातले घुँडालाई समाएर बिस्तारै मुन्टो पनि माथि उठाउने ।

यही अवस्थामा केही सेकेण्डका लागि सास फेर्नुहोस् ।

त्यसपछि बिस्तारै सास छोडेर बिस्तारै हात र खुट्टालाई पुरानै अवस्थामा पुर्‍याउनुहोस् । दैनिक आठ–दशचोटि यो आसन गर्ने प्रयास गर्नुहोस् ।

उत्तानसाना

यो आसन पेटको दुखाइबाट राहत पाउनको लागि गर्ने गरिन्छ । यसले टाउकोमा सहज रक्तसञ्चारको लागि सहयोग गर्ने गर्छ । यो आसनले पनि दिमागलाई शान्त बनाउन मद्दत गर्छ । टाउको दुख्ने, अनिद्राको समस्या आदि समाधानमा पनि यो सहायकसिद्ध हुन्छ । यस आसनमा टाउकोलाई खुट्टाको भागसम्म पुर्‍याउने गरिन्छ ।

जसले गर्दा पेटको मांसपेशीको मालिस हुन्छ र पाचन प्रणालीमा सुधार हुन्छ । यदि कसैलाई कम्मर र जोर्नीेसम्बन्धी समस्या छ भने, यो आसन नगर्दा राम्रो हुने योग गुरुहरू बताउँछन् ।

योग गर्ने विधि:-

सर्वप्रथम सिधा उभिनुहोस् ।

हातलाई कम्मरमा राख्नुहोस् ।

बिस्तारै अगाडि झुनुहोस् ।

शरीरलाई यसरी झुकाउनुहोस् कि दुवै हातहरूले भूमि छुन सक्छन् । यदि यसमा कठिनाइ छ भने घुँडालाई अलिकति मोड्न सकिन्छ ।

हातलाई खुट्टाको दाहिनेतिर लैजानुहोस् ।

एक मिनेटसम्म यही आसनमा रहनुहोस् ।

उत्तानपादना

यो आसनले ग्यास्ट्रिक, कब्जियत आदि कम गर्न सहयोग पुर्‍याउँछ । यसले पेटको बोसो पनि कम गर्छ । शरीरको पछाडिपट्टिको दुखाइलाई कम गर्न पनि यो आसन उपयोगी रहेको मानिन्छ ।

योग गर्ने तरिका :-

सुरुमा उत्तानो परेर सुत्नुहोस् ।

लामो सास फेर्नुहोस् ।

दुवै हातको हत्केलालाई भुइँमा राख्नुहोस् र खुट्टा सिधा बनाउनुहोस् ।

बिस्तारै एउटा खुट्टालाई माथि उठाउनुहोस् । यदि सास रोक्न गाह्रो भइरहेको छ भने बीचैमा सास फेर्न पनि सकिन्छ ।

यस स्थितिमा करिब ३० सेकेन्डदेखि १ मिनेटसम्म बस्नुहोस् ।

फेरि खुट्टालाई बिस्तारै भुइँमा सुताएर राख्नुहोस् ।

यो आसन तीनदेखि छ पटक गर्न सकिन्छ ।

अनलाईन खबरबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!