अमेरिकाले २ करोड ३० लाख डलर खर्चिएर एउटा विशेष ट्वाइलेट तयार पारेको छ । महिलाले दिसा पिसाब गर्नका लागि निकै उपयुक्त हुने उक्त ट्वाइलेट कुनै चानचुने ट्वाइलेट होइन । आगमी बिहीबार उक्त ट्वाइलेटलाई अन्तरीक्षमा पठाइँदैछ । झण्डै पौने ३ अर्ब रुपैयाँ लागतको उक्त ट्वाइलेट टाइटानियमबाट बनेको हो । बिहीबार भर्जिनियास्थित वालोप्स टापुबाट प्रक्षेपण गरिने अन्तरीक्षयानमार्फत् सो ट्वाइलेट अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रमा पुग्नेछ । ४५ किलोग्राम तौल तथा ७१ सेन्टिमिटर अग्लो सो ट्वाइलेटलाई अन्तरीक्ष केन्द्रबाट पछि चन्द्रमामा लगिनेछ । नासाले चन्द्रमामा पठाउने ओरियन क्याप्सुलभित्र सो ट्वाइलेट ठिक्क अटाउनेछ । केही वर्षभित्रमै ओरियन क्याप्सुल नामक यानबाट चन्द्रमामा अन्तरीक्षयान पठाउने नासाको योजना छ । अहिले अन्तरीक्ष केन्द्रमा रहेका अन्तरीक्षयात्रीहरुले दिसा पिसाब गर्नका लागि दुईवटा रुसी ट्वाइलेट छन् भने एउटा अमेरिकी ट्वाइलेट रहेको छ । अमेरिकाले बनाएको ट्वाइलेटलाई अन्तरीक्ष केन्द्रमा केही महिनाका लागि अन्तरीक्ष यात्रीहरुले परीक्षण गर्नेछन् र यदि त्यसले राम्रोसँग काम गरेमा मात्र चन्द्रमामा पठाउने निर्णय गरिनेछ । अमेरिकी कम्पनी स्पेस एक्सले अन्तरीक्ष केन्द्रमा मानिसहरु पठाउने तयारी गरिरहेको र बोइङ कम्पनीले समेत आगामी एक वर्षभित्रमा अन्तरीक्षमा मानिस पठाउने योजना बनाइरहेको हुँदा अन्तरीक्ष केन्द्रमा बढीभन्दा बढी ट्वाइलेट चाहिने अवस्था आउँदैछ । अन्तरीक्ष केन्द्रमा हाल रहेको पुरानो अमेरिकी ट्वाइलेट पुरुषमैत्री ट्वाइलेट रहेकोमा नयाँ ट्वाइलेट भने महिलामैत्री रहेको छ । नयाँ ट्वाइलेटलाई पनि त्यहाँ रहेको पुरानो अमेरिकी ट्वाइलेटको छेउँमा राखिनेछ ।

–हफिङटन पोष्टबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!