बुधबार, आश्विन २१, २०७७ || 932  पटक पढिएको

साउथ चलचित्रकी सफल तथा चर्चित नायिका काजल अग्रवालले बिहे गर्ने तयारी गरेकी छिन् । कोरोना कहर चलिरहेको समयमा काजलले बिहे गर्न लागेको जानकारी सामाजिक संजाल मार्फत दिएकी छिन् ।

कजलले अक्टुबर ३० मा बिहे गर्न लागेकी हुन् । उनले, व्यापारी गौतम किचलुसँग बिहे गर्न लागेको जानकारी दिएकी छिन् ।

 

काजलले सामाजिक संजालमा उल्लेख गरे अनुसार, बिहे समारोहमा थोरै मात्र पाहुनाको उपस्थिती हुनेछ । दुई परिवारका सदस्य मात्र उपस्थित हुने बिहे समारोहलाई सामान्य बनाउने तयारी गरिएको छ ।

काजलले यो महामारीको समयमा पनि आफूहरुले खुशीको पल सुरु गर्न लागेको भन्दै सबै जना यो खबरले खुशी हुने आशा व्यक्त गरेकी छिन् ।

साउथ चलचित्रमा सफल नायिकाको पहिचान बनाएकी काजलले बलिउड चलचित्र ‘सिंघम’मा काम गरेपछि चर्चा पाएकी थिइन् । उनको सुन्दरताको चर्चा पनि खुबै हुने गर्दछ ।

काजलले १६ बर्ष अगाडि चलचित्र करिअर सुरु गरेकी थिइन् । साउथ र बलिउड चलचित्रमा काम गरेर सफलता पाएकी काजलको करिअर बैबाहिक जीवनपछि कसरी अगाडि बढ्छ, यो भने खुलाइएको छैन ।

अनलाईन खबरबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!