वरिष्ठ कलाकार स्व. श्री प्रेममान चित्रकारद्वारा रचित र वरिष्ठ संगितकार/गायक श्री सुमन कपालीको स्वरमा सजिएको “मखु जिं त्वनागु” बोलमा रहेको नेपालभाषाको गीत स्व. श्री चित्रकारको ४५ औं पुण्य तिथिको दिन उहाँप्रती श्रद्धाञ्जली स्वरुप ज्योती म्युजिकको अफिसियल युट्यब च्यानलबाट सार्बजनिक भएको छ । फिरोज बज्राचार्य र गायक सुरज वीर बज्राचार्यको कम्पोजमा बनेको उक्त गीतको भिडियोलाई विश्वास बज्राचार्यले निर्देशन गर्नुभएको छ भने क्यामेरा/सम्पादन बिजन बज्राचार्यको रहेको छ ।

नेपालभाषाको अन्य म्युजिक भिडियो भन्दा अलि पृथक शैलीमा साल्सा, आधुनिक र नेवारी नृत्य समावेश गरेर बनाइएको भिडियोमा नृत्य निर्देशन राजिव बज्राचार्यले गर्नुभएको छ । यसैगरी यस म्युजिक भिडियोमा सुरज नापित र बिनिता महर्जनले प्रमुख कलाकारको भुमिका निभाउनु भएको छ भने हसना महर्जन, रुक्साना महर्जन, रमन महर्जन र रोहन महर्जनले सह- कलाकारको भुमिका निभाएका छन्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!